काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान ९ बजे मन्त्रिपरिषद् अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संसदीय मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको सो विधयेक सम्वन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधयेक समितिका संयोजक समेत रहेका गृहमन्त्री लेखकले उक्त विषयमा अध्ययन गरिरहनुका साथै विधयेकका विषयमा सरोकारवाला मन्त्री र उच्च स्तरीय सरकारी अधिकारीहरुसँग सरसल्लाह समेत गरिरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।