काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।

एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version