काठमाडौँ । नेपाली कांग्रेसका सांसद संजय गौतमले सरकारको विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संसाद गौतमले आफ्नो बर्दिया जिल्लाको नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आपत्ति जनाएका हुन् । उनले सुटुक्क नदी नियन्त्रण आयोजना डडेल्धुरा पुर्याएको भन्दै आफ्नो कुरा सरकारले नसुनेमा सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन् ।

उनले भने- अन्याय भयो, सरकारले सुन्दा पनि सुनेन देख्दा पनि देखेन, बर्दियाको बबई, भादा, औरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क लगेर डडेल्धुरा पुर्याइयो । मैले बारम्बार संसदमा भने तर सरकारले मेरो कुरा सुनेन । सरकारले मेरो कुरा सुनोस, हैन भने आफ्नै सरकारका विरुद्ध आफ्नै सांसद सत्याग्रहको रुपमा उभिन्छु । म घोषणा पनि गर्न चाहन्छु ।’

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version