तेह्रथुम । आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-३ मुसाङखेल बस्ने ४५ वर्षीय होम बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version