काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ ।

नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् ।

नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै नासा सेक्युरिटीजसँग यो सम्झैता तीन बर्षको हुने पनि खड्काले जानकारी दिए ।

आजै अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज खेल्न जाने नेपाली टिमलाई क्यानले बिदाइ गर्ने समेत कार्यक्रम रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version