काठमाडौँ । एलन मस्कले हालै एप्पललाई मुद्दा हाल्ने धम्की दिएका छन् । यसपछि अब साम अल्टम्यानले मस्कमाथि जवाफी प्रहार गरेका छन् ।

मस्कले एक्समा ट्वीट गरेर एप्पललाई मुद्दा हाल्ने धम्की दिएका थिए । मस्कले एप्पलले आफ्नो एप स्टोरमा ओपनएआईलाई नम्बर एक बनाउन रैंकिंगमा हेरफेर गरिरहेको आरोप लगाएपछि अब साम अल्टम्यानले मस्कलाई आफ्नो निशानामा लिएका छन् । अल्टम्यानले मस्कले आफ्ना प्रतिस्पर्धीहरूलाई हानि पुर्‍याउन एक्स प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।

अल्टम्यानले मस्कको यो पोस्ट रिट्वीट गर्दै मस्कले आफ्नो फाइदाको लागि र आफ्ना विरोधीहरूलाई हानि पुर्‍याउन एक्सलाई हेरफेर गर्ने गरेको आरोप लगाएका हुन् । अल्टम्यानले लेखेका छन्- ‘यो एउटा अनौठो दाबी हो, किनकि मैले सुनेको छु कि एलनले आफ्नो र आफ्ना कम्पनीहरूको फाइदाको लागि र आफ्ना प्रतिस्पर्धीहरूसँगै आफूलाई मन नपर्नेहरूलाई हानि पुर्‍याउन एक्सलाई हेरफेर गर्छन ।’

मस्कले एक्समा भनेका छन्- ‘एप्पलले यस्तो व्यवहार गरिरहेको छ कि ओपनएआई बाहेक कुनै पनि एआई कम्पनी एप स्टोरमा नम्बर १ मा पुग्न असम्भव छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्टको उल्लङ्घन हो । यसमाथि तत्काल कानुनी कारबाही गर्नुपर्छ ।’

मस्क र अल्टम्यानको सामाजिक सञ्जालमा भिडन्तपछि मानिसहरूले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिन थालेका छन् ।

मस्क र अल्टम्यान कुनै मुद्दामा आमनेसामने भएको पहिलो पटक होइन । मस्कले अल्टम्यानमाथि ओपनएआईमा धोका दिएको, गैर नाफामुखी कम्पनी बनाउने प्रतिबद्धता विपरित गरेको आरोप लगाउदै आएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version