काठमाडौँ । जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुने ३ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरेका छन् ।

अगष्ट १५ देखि १९ तारिखसम्म जोर्डनको अम्मान हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुनेछन् ।

सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version