धादिङ – बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसका सांसद शिवराज अधिकारी नियुक्त भएका छन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रवार बागमती प्रदेश सरकार विस्तार गर्दै अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी दिएका हुन् । काँग्रेसबाट पाँच मन्त्री थप्दै मुख्यमन्त्री बानियाँले प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका छन्।
नेपाली काँग्रेस धादिङका संस्थापक नेता अधिकारी वागमती प्रदेशमा नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् ।धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला घर भएका अधिकारी शालिन नेताका रुपमा चिनिन्छ्न ।
यसअघि निवर्तमान मुख्य मन्त्री बहादुर सिंह लामाले साउन १४ गते धादिङ जिल्लाकै काँँग्रेस सांसद गोविन्द प्रसाद लम्साललाई आन्तरिक मामिला तथा कान्रन मन्त्रीमा नियुक्त गरे पनि लम्सालले पद तथा गोपनियताको शपथ लिन पाएका थिएनन् ।
बागमती प्रदेशसभाको सभामुख पदको लागि २०७९ पुसमा कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाएको थियो । तत्कालिन सत्ता गठवन्धनको तर्फबाट राप्रपाका साँसद भुवन पाठक सभामुखमा विजयी भएका थिए ।
