काठमाडौं। वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका- ९ बस्ने बझाङ बंगुल नगरपालिका-६ घर भएका २९ वर्षीय त्रिलोक सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको समन्वयमा कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version