धादिङ, । सिद्धलेक गाउँपालिका–७, आदमटारस्थित अरुणोदय युवा क्लबले बडादशैं–२०८२ को अवसरमा दोस्रो अरुणोदय कबड्डी कप आयोजना गर्ने भएको छ।

जिल्ला स्तरीय खुला पुरुष कबड्डी प्रतियोगिता असोज १० गतेदेखि १२ गतेसम्म सत्यवति माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेताले रु. ५० हजार, दोस्रोले रु. ३० हजार, उपविजेताले रु. १०–१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

सो अवसरमा स्थानीय कलाकारहरूको गीत–नृत्यसहितको सांस्कृतिक प्रस्तुति र चिट्ठा कार्यक्रम समेत हुने आयोजकले जनाएको छ। चिट्ठामा घोरले खसी, फ्रिज, इन्डक्सन चुलोसहित विभिन्न आकर्षक पुरस्कारहरू राखिएका छन्।

कार्यक्रम सिद्धलेक गाउँपालिकाको संरक्षकत्वमा हुने र समुदायको एकता, सांस्कृतिक संरक्षण तथा खेलकुद प्रवर्द्धनलाई समर्पित रहेको आयोजक समितिका अध्यक्ष राजाराम खतिवडाले जानकारी दिनुभयो।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version