काठमाडौं – हिजोको जेन–जी आन्दोलनका क्रममा आ’गजनीमा परेकी नेकपा (एस) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत रहेको पुष्टि भएको छ ।

उनको मृ’त्यु भएको समाचार केही सामाजिक सञ्जालमा फैलिएको थियो । तर, सो खबरलाई असत्य बताउँदै नेकपा (एस) का नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले उनी जीवित रहेको र उपचार भइरहेको जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार चित्रकारको स्वास्थ्य अवस्था सामान्य बनिरहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version