काठमाडौं – हिजोको जेन–जी आन्दोलनका क्रममा आ’गजनीमा परेकी नेकपा (एस) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत रहेको पुष्टि भएको छ ।

उनको मृ’त्यु भएको समाचार केही सामाजिक सञ्जालमा फैलिएको थियो । तर, सो खबरलाई असत्य बताउँदै नेकपा (एस) का नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले उनी जीवित रहेको र उपचार भइरहेको जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार चित्रकारको स्वास्थ्य अवस्था सामान्य बनिरहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ ।

 

Share.

Comments are closed.

Exit mobile version