काठमाडौं । जेनजी र नेपाली सेनाबीच आज वार्ता हुने बताइएको समयमा जंगीअड्डा बाहिर हर्क साम्पाङका समर्थक भेला भएर नाराबाजी शुरु गरेका छन् ।
भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ ।
त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।
यसअघि बुधबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका थिए । साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।