काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मंगलटार क्षेत्रीय प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो ।

पूर्वराज्यमन्त्री समेत रहेका साहले जनकपुरको रमणन्द चौकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका छन् । यो विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । साथै, रेडियो टुडे का सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार समेत रहेको पुष्टि भएको थियो ।

हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएसँगै निस्किएका थिए ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version