काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
योसँगै सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता बनेकी छन् । सबिता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट दिएको राजीनामा राष्ट्रपति पौडेलले आजै स्वीकृत गरेका थिए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।