काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री खनालले युवाहरुको बलिदानले आएको परिवर्तनलाई अगाडी बढाउन सहयोग गर्न आएको बताउदै अब हामी साच्चिनै पर्ने बताएका छन् ।
उनले युवाहरुले सुम्पेको जिम्मेवारीलाई अबदेखि कुनै गल्ति नगरी पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले आगामी ६ महिना भित्र निर्वाचन गर्नैपर्ने भएकोले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले आफु सिंहदरबार छिरेको ४६ बर्ष भएको उल्लेख गर्दै आफुले यस्तो विध्वंस कहिल्लै नदेखेको बताए । उनले अब यो कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई निर्देशन दिए । साथै उनले यो काम चलाउ सरकार भएकाले नयाँ सवारी साधन नकिनेर भएका सवारी साधनले काम चलाउन आग्रह गरे ।
अर्थमन्त्री खनालले भ्रष्टाचार शुन्य गरेर काम गर्ने र आम जनताको सेवालाई सहज गराउन निर्देशन दिए । आफुहरु युवाहरुको प्रतिनिधि भएकाले सरकारले दिने आम जनतालाई दिने सेवा पहिला भन्दा फरक हुनैपर्नेमा जोड दिए । साथै उनले राजश्व उठाउन कडाई गर्नुपर्ने बताए ।
साथै अर्थमन्त्री खनालले कमर्चारी आफ्नो घरमा नआए आफु खुशी हुने समेत बताए ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।