काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न असोज ८ गते काठमाडौंमा केन्द्रीय समितिको विशेष विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।

सो बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको नेसपा (नयाँ शक्ति) ले जानकारी दिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version