बाँके । बाँकेको कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजारसहित ३ जनालाई बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।