काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगजनीबाट प्रभावित भाटभटेनीको कोटेश्वर शाखा अवलोकन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आजगनी गरेपछि ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको अनुगमन गर्दै अर्थमन्त्री खनालले दृढता र हौसला मिलेको भाटभटेनीले जनाएको छ । भाटभटेनीले भनेको छ- अर्थमन्त्री खनालको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनःनिर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’

अर्थमन्त्री खनालले आजै थापाथलीस्थित सिजी शो रुमको पनि अनुगमन गरेका थिए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version