काठमाडौँ । गृहमन्त्रालयले जेनजी आन्दोलन पश्चात विकसित घटनाक्रमपछि समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा खबर गर्न आग्रह गरेको छ ।
मन्त्रालयले उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष स्थापना गरिएको जानकारी दिदै सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउन आग्रह गरेको छ ।
गृहमन्त्रालयले भनेको छ-
जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।