काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसलाई बेलायती विदेश नीतिमा ठूलो परिवर्तन मानिएको छ ।
गत जुलाईमा स्टारमरले यदि इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राज्य समाधानको सर्तहरूमा सहमत भएन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए ।
बेलायती मिडियाहरुले प्रधानमन्त्री स्टारमरले आज प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गर्ने उल्लेख गरेका छन् ।
बेलायतको यो कदमको इजरायली सरकार, बन्धकहरूका परिवारहरू र केही कन्जरभेटिभ राजनीतिज्ञहरूले कडा आलोचना गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदमले आतंकवादलाई पुरस्कृत गर्ने बताएका छन् ।
यद्यपि, बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी भएको बताउदै आएका छन् । गाजामा भोकमरी र हिंसा बढेपछि प्रधानमन्त्री स्टारमरले ‘असहनीय’ भनेर ब्याख्या गरिसकेका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।