काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खुला रहेको बताएका छन् ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी, केसीएनएका अनुसार किमले यसका लागि शर्त अगाडी सारेका छन् ।

किमले उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न जोड नदिएमा ट्रम्पसँग वार्ता गर्न तयार गरेको बताएका छन् । किमले प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक हतियार कहिल्यै नत्याग्ने पनि स्पष्ट गरेका छन् ।

किमले आइतबार सर्वोच्च जनसभालाई सम्बोधन गर्दै व्यक्तिगत रूपमा, ट्रम्पसँग अझै पनि राम्रा सम्झनाहरू रहेको बताएका थिए ।

अर्कोतर्फ, बीबीसीसँग कुरा गर्दै, दक्षिण कोरियाली राष्ट्रपतिले यदि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम आणविक हतियार उत्पादन हटाउनुको सट्टा रोक्न सहमत भए भने पनि त्यो स्वीकार गर्न तयार रहेको प्रत्क्रिया दिएका छन्।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version