काठमाडौँ । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोलाको पुल नजिकै पहिरो हटाउने कार्य विहानदेखि शुरु भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराति ठुलो बर्षा भएपछि रोकिएको पहिरो पन्छाउने काम विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको छ । हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनले जनाएको छ । लिमिट स्पेसको कारणले धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको जानकारी दिएको छ ।
सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज साँझसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।