काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओभिडोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओभीडोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले १-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । बार्सिलोनाको जितमा एरिक गार्सिया, रोबेर्ट लेवानडोस्की र रोनाल्ड आराउजोले एक एक गोल गरेका थिए । यसअघि ओभीडोका लागि अल्बेर्टो रेइनाले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा २ अंकले पछाडी रहेको छ । त्यसैगरी ओभिडोको ६ खेलमा ३ अंक रहेको छ लिगमा १८औं स्थानमा रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version