काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि शुरु हुदैछ ।

पहिलो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । 

युनिटी कप टी-२० नाम दिइएको यस सिरिजको पहिलो खेल आज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ ।

नेपालले कुनै पनि टेस्ट क्रिकेट देशसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । त्यसैले पनि नेपालका लागि यो सिरिज ऐतिहासिक बनेको छ । यो सिरिजको दोस्रो खेल सेप्टेम्बर २९ मा र तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।

 

Share.

Comments are closed.

Exit mobile version