उदयपुर । उदयपुरको कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
शनिबार बिहानदेखि मौसम सक्रिय भएपछि कोशी, बागमती र मधेश प्रदेशमा अधिक बर्षा भएकोले मौसम पूर्वानुमान महाशाखाले असोज २० गतेसम्म ठुलो बर्षा हुने पूर्वानुमान गरेको विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार साँझ ५ बजे देखि असोज २१ गते विहान ५ बजेसम्म कटारी-घुर्मी सडकखण्डमा सबै सवारी आगमन रोक्ने निर्णय गरेको छ ।
