काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनतिक दलहरुसँगको संवादमा बोल्दै भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी हुन् ।

उनले यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेको धारणा राखेकी छन् । उनले भनिन्- ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन । राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ । अब जेनजी र दलहरू बसौँ ।’

प्रधानमन्त्री कार्कीले स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान सबै दललाई आग्रह गरेकी छन् । उनले चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउदै दलहरुले व्यक्त गरेका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार रहेको बताएकी छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version