काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो ।

ट्रम्पले चीनका सामानमा १० प्रतिशतबाट बढाउँदै एक सय ४५ प्रतिशतसम्म शुल्क लगाउनु भएको थियो । चीनले पनि अमेरिकी वस्तुमा एक सय २५ प्रतिशत सम्मको प्रतिशोधी कर लगायो । गएको जुन महिनामा दुबै पक्षबीच अस्थायी युद्धविराम भयो । त्यसपछि वार्ता पुनः शुरू भई अहिले सम्भावित सम्झौतासम्म पुगेको खबरमा उल्लेख छ ।

अमेरिकाले चीनको प्रविधि पहुँचमा रोक लगाइरहेको छ भने चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गर्दै दबाब बढाएको छ । यी खनिजहरू स्मार्टफोनदेखि सैनिक उपकरणसम्मका लागि जरुरी भएकाले अमेरिकालाई वैकल्पिक आपूर्ति खोज्न बाध्य बनाएको विश्लेषण भईरहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version