चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडक खण्डमा कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बिहीबार दिउँसो बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१–२३७४ नम्बरको कन्टेनर ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



