काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। आगामी मङ्सिर १ गतेदेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

साबेक च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच मङ्सिर १ गते दिउँसो ४ बजे उद्घाटन खेल हुनेछ। यस संस्करणमा आठ टोली सहभागी रहेका छन्। दिनमा दुई खेल हुने व्यवस्था गरिएको छ। पहिलो खेल दिनको ११:४५ बजे र दोस्रो खेल क्रमशः ३:३० र ४ बजे सुरु हुने क्यानले जनाएको छ।

प्लेअफका तीनै खेल दिउँसो ४ बजे फ्लडलाइटमा हुनेछन्। त्यस्तै, मङ्सिर २७ गतेको फाइनल खेल पनि रातिको प्रकाशमा आयोजना गर्ने तयारी गरिएको क्यानले जानकारी दिएको छ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version