काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ता अवधि थप गरेको छ। आयोगले अतिरिक्त पाँच दिन थप गर्दै अब मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली संकलन जारी रहने जनाएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता प्रक्रिया सहज बनाउनका लागि बिदाका दिन पनि सबै निर्वाचन कार्यालयहरू खुला रहने व्यवस्था मिलाइएको छ। दर्ता केन्द्रमा इन्टरनेट तथा प्राविधिक समस्या देखिएमा समाधानका लागि २४ घण्टा प्राविधिक जनशक्ति खटाइएको उनले जानकारी दिए।

दर्ता विस्तारसँगै नयाँ मतदाता बन्ने इच्छुक नागरिकका लागि थप सहज वातावरण बनेको आयोगको भनाइ छ।

यसअघि प्रधानमन्त्री कार्कीले नागरिकको भीड, प्राविधिक चुनौती र अत्यावश्यक आवश्यकता उल्लेख गर्दै दर्ता अवधि थप गर्न आयोगलाई आग्रह गरेकी थिइन्। निर्णय सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की, निर्वाचन आयोग र राष्ट्रिय पञ्जीकरण विभागप्रति सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्ने क्रम बढेको छ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version