काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने आज राती कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



