काठमाडौं । बर्दियाको बढैयाताल–४, दक्षिण भकारीकी एक युवतीले नागरिकता सम्बन्धी समस्याका कारण मृत्युको बाटो रोजेको विषयमा  प्रधानमन्त्री सुशिला कार्कीले औपचारिक माफी मागेकी छन्।

सम्बन्धित युवतीले लामो समयदेखि नागरिकता प्राप्तिका लागि धाउनुपरेको, प्रक्रियागत झन्झट र न्यायिक–प्रशासनिक जटिलताले अत्यधिक तनाव सिर्जना गरेको घटनाले देशलाई नै स्तब्ध बनाएको प्रधानमन्त्री कार्कीको भनाइ छ।

प्रधानमन्त्रीले उक्त घटनापछि सार्वजनिक वक्तव्य जारी गर्दै राज्यका प्रक्रियागत कमजोरीले नागरिकलाई कठोर अवस्थासमक्ष पुर्‍याएको भए त्यसका लागि आफू जिम्मेवार रहने बताइन्।
उनका अनुसार, घटनाको विस्तृत अध्ययन गर्न उनले गृहमन्त्रीलाई निर्देशन समेत देेकी छन्।

प्रधानमन्त्री कार्कीले भनिन्,
*“बर्दियाकी एक युवती नागरिकताको प्रक्रियामा परेको जटिलताका कारण गम्भीर मानसिक दबाबमा परेकी थिइन्। त्यसका केही समयमै उनका ६१ वर्षीय बाबु समेत निधन भएको जानकारीले गहिरो चोट लागेको छ। यो अवस्था हाम्रो समाज र राज्यका लागि दुःखद तथा आत्ममन्थनको विषय हो। यदि न्यायिक–प्रशासनिक प्रक्रियाका कारण यस्तो अवस्था सिर्जना भएको हो भने, देशको प्रधानमन्त्रीका हैसियतमा माफी चाहन्छु। घटनाको वास्तविक कारण र गम्भीरता पत्ता लगाउन गृहमन्त्रीज्यूलाई तत्काल अध्ययन गर्न निर्देशन दिएकी छु।”*

उनले नागरिकता लगायत लैंगिक आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य भएको उल्लेख गर्दै राज्यका सबै तहले नागरिकमैत्री सेवा, सहज प्रक्रिया र न्यायिक पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version