मोरङ- असोज २१ गते मोरङ, लेटाङ–२ की १३ वर्षीय अंशु गौतम घर नजिकै खेल्न निस्किँदा बे’पत्ता भइन्।

१७ दिनपछि घरदेखि करिब ४ किलोमिटर टाढा चारकोसे झाडीमा उनको अ’वशे’ष फेला परेको थियो।साढे दुई महिनापछि प्रहरीले ह’त्याका आरोपितका रूपमा अंशुले ‘बाजे’ भन्थिन् ती ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई सार्वजनिक गर्यो। प्रहरीको अनुसन्धानअनुसार-घटनाको दिन पदमबहादुर अंशु खेलिरहेको ठाउँमा पुगे। अंशुसँग रहेकी अर्को बालिकालाई ५ रुपैयाँ दिएर चकलेट किन्न पठाए।

अंशुलाई मोबाइल चलाउँन दिन्छु भन्दै फकाएर साइकलमा चढाई करिब ४ किलोमिटर टाढा जंगलमा लगे। जंगलमा गएपछि क’र’णी ग’र्ने प्रयास गरेपछि दुइ टु”क्रा पा’रेर घट्ना घटाएको प्रहरीको भनाइ छ।

घटनापछि उनले अभिनयझैँ गर्दै, परिवारसँगै रोए, गाउँलेसँगै खोजीमा दौडे, र अंशु भेटिएको दिन पनि घटनास्थलमै उभिएर ‘रमिते’ बने। प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गर्यो।

तर वास्तविक मोड आयो, पदमबहादुरका छोरा जबरजस्ती करणी मुद्दामा जे’लबाट कात्तिक १८ गते छुटे, भोलिपल्टै (कात्तिक १९) पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालय भागे। यही व्यवहार प्रहरीका लागि मुख्य सुराकी बन्यो।

भारतमा गाई फार्ममा लुकेर बसेका उनलाईमानसिक तनाव, र प्रहरीले आफन्तमार्फत बनाएको द’बा’बका कारण अन्ततः नेपाल फर्कन बा’ध्य भए। प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्-“गाई दुहुँदा बाल्टिनमा दुधको साटो र’गत देखेजस्तो हुन्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो।”

सोहि ब्याक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ भने घट्नाको बारेमा उनले सबै कुरा स्वीकार गरिसकेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version