यस वर्षको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको विषयवस्तु, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँ: भोलीको इमान्दार समाज निर्माण गरौँ’ भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्छ ।
राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन मौलाउदै जानु चिन्ताको विषय बनेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।



