काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भन्ने प्रचारलाई देउवाको सचिवालयले भ्रामक भनेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले आज सूचना जारी गर्दै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएयता सभापतिज्यूले थापा र शर्मासँग कुनै भेटघाट नगरेको स्पष्ट पारे।

‘शेरबहादुर देउवाज्यूसँग पूर्वमहामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नुभएको भन्ने समाचार केही सञ्चारमाध्यममा आएको देखिएको छ, तर हालसालै उहाँहरूसँग सभापतिज्यूको कुनै भेट भएको छैन,’ जारी सूचनामा उल्लेख छ।

सचिवालयले आधारहीन समाचारप्रति ध्यानाकर्षण जनाउँदै सत्यतथ्य पुष्टि नगरी यस्ता प्रचार नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

Share.

Comments are closed.

Exit mobile version