धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि धादिङ जिल्लाका दुबै प्रतिनिधि सभा क्षेत्रक्षेत्र नं. १ र क्षेत्र नं. २ मा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी कुल ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ मा १३ राजनीतिक दल र ११ स्वतन्त्र गरी २४ जना, जबकि क्षेत्र नं. २ मा राजनीतिक दलका १६ जना र स्वतन्त्रका ८ जना गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

धादिङ–१

क्षेत्र नं. १ मा मनोनयन दर्ता गर्ने प्रमुख उम्मेदवारहरूमा नेकपा एमालेबाट भूमि त्रिपाठी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट राजेन्द्र पाण्डे, नेपाली काँग्रेसबाट कृष्ण रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशिका तामाङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गीता प्रसाद आचार्य रहेका छन्।
यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाईजेशन पार्टीवाट रिन्छेन तामाङ (सुमन),उज्यालो नेपाल पार्टीको तर्फवाट श्याम राज पाण्डे सहित अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन्।

नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला,संयुक्त नागरिक पार्टीबाट डम्बर वहादुर लिम्बु ,आम जनता पार्टीबाट जाल्पा देवी रेग्मी रहेका छन् । क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा हरि भण्डारी,राजेश भट्टराई, निरन्जन संजेल,ध्रुव प्रसाद पाण्डे,धर्मराज नेपाल,दिपक तामाङ, तपन उप्रेती रहेका छन् ।

क्षेत्र नं. २ मा राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरूमा नेकपा एमालेबाट धनबहादुर घले, नेपाली काँग्रेसबाट रमेशप्रसाद धमला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बोधनारायण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरेश कुमार रिजाल तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरबहादुर तामाङ रहेका छन्।

यसैगरी, उज्यालो नेपाल पार्टीबाट अमिर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट कृष्णबहादुर घतानी, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङ, संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरे, नेशनल रिपब्लिक नेपालबाट नक्कले मगर, आम जनता पार्टीबाट नन्दप्रसाद काप्री, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट प्रिया भट्ट, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष कुमार तामाङ र मितेरी पार्टीबाट सुमन तामाङ ले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा शिवराज सापकोटा, शिवनिधि खनाल, रुद्रबहादुर गेलाङ मगर, भरत ढुंगाना, दिपक अधिकारी, दामोदर रिजाल, कृष्णप्रसाद कोइराला र उज्ज्वल श्रेष्ठ रहेका छन्।

दुवै क्षेत्रमा मनोनयन दर्ता सकिएसँगै चुनावी गतिविधि तीव्र बन्दै गएको छ। आगामी दिनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनावी चिन्ह वितरण तथा प्रचारप्रसारसँगै चुनावी माहोल थप तातिने अपेक्षा गरिएको छ।

 

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version