मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै माग गरिएको निर्वाचन प्रहरी भर्नामा आवेदन दिनेहरूमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिरका आवेदक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको कठोर मौसम र भौगोलिक चुनौतीका बाबजुद पनि जिल्ला बाहिरबाट उल्लेख्य संख्यामा युवायुवतीहरू निर्वाचन प्रहरीमा भर्ना हुन आएका हुन्।

निर्वाचनका लागि नेपाल प्रहरीतर्फ २६६ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ४६ जना गरी जम्मा ३१२ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा कुल ३२३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।
आवेदन दिनेहरू म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत विभिन्न जिल्लाबाट आएको पनि उनले बताए।