काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर महिनामा एकता महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ गतेदेखि १५ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

उक्त महाधिवेशन काठमाडौं मा आयोजना हुने तय भएको छ। दुई दर्जनभन्दा बढी वामपन्थी घटकहरूको एकीकरणबाट बनेको नेकपाले पहिलोपटक एकता महाधिवेशन गर्न लागेको हो।

महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना थप सुदृढ बनाउने, नयाँ नेतृत्व चयन गर्ने तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य लिइएको छ। साथै, विभिन्न धारबीच सहमति कायम गर्दै एकीकृत र प्रभावकारी पार्टी निर्माणमा महाधिवेशन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version