काठमाडौं । अष्ट्रेलियामा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

आइतबार राति करिब ११:४५ बजे सिड्नीको उत्तरपश्चिममा मेलोन्बास्थित एबेल रोडमा कारले ठक्कर दिँदा अन्दाजी ८० बर्ष जतिका वृद्धको मृत्यु भएको डेलीमेलले जनाएको छ ।

ती वृद्धको पहिचान खुल्न सकेको छैन ।

प्रहरीले कारको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । जुन कथित हिट एन्ड रनमा संलग्न रहेको विश्वास गरिएको छ ।

प्रहरीले सवारी साधन र घटनाको समयमा भित्र यात्रा गरेका व्यक्तिहरूको पहिचान गर्न सर्वसाधारणलाई सहयोगको लागि अपील गरेको छ ।

क्र्यास इन्भेस्टिगेशन युनिटमा संलग्न विशेषज्ञ अधिकारीहरूद्वारा अपराध स्थल स्थापना र फोरेन्सिक रूपमा जाँच गरिएको छ ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सो घटनाबारेमा कुनै सूचना मिलेमा १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

Share.
Leave A Reply
Exit mobile version