काठमाडौं- फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ।

त्यस्तै यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version