काठमाडौँ । सुनको मूल्य आज तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो ।
जसअनुसार आज आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
