रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

यस विषयमा अहिले जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको रास्वपाका एक पदाधिकारीले जानकारी दिए। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक जारी छ।

समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको भन्दै अघिल्लो मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरी छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।

अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए।

प्रतिवेदनमा ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको हो।

Share.
Leave A Reply
Exit mobile version