चितवन, असार २५ । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो ।
महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताउनुभयो ।
महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालले बताउनुभयो ।
यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उहाँले बताउनुभयो । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उहाँको भनाई थियो ।
महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको हो । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।
खबर साइट डट कम :
- सिरिङ्गी हिमालमा हिमपहिरोपछि बूढीगण्डकीमा भीषण बाढी: बस्ती, पुल र हाइड्रोपावरमा ठूलो क्षति, ५ जना भन्दा बढी सम्पर्कविहीन
- बूढीगण्डकीमा भीषण बाढी: गोरखाको सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति, तटीय क्षेत्र उच्च जोखिममा
- धादिङको गजुरी नजिकै गलौदीमा सडक भासियो, पृथ्वी राजमार्ग ठप्प
- कांग्रेस सभापतिमा तीन, उपसभापतिमा १५ र महामन्त्रीमा ११ जनाको उम्मेदवारी दर्ता
- एनपिएलको को तेस्रो संस्करण तयारी अन्तिम चरणमा
- धादिङबेंसी जोड्ने परेवाटार–मास्टार सडक खण्ड आज ५ घण्टा बन्द हुने
- सन् २०२७ को एकदिवसीय विश्वकपको तालिका सार्वजनिक: टोली र नियममा ठूला फेरबदल
- सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
