काठमाडौं। काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको छ।

आज राष्ट्रिय सभा गृहमा बसेको १५औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गर्नुभएको थियो।

उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन्।

आज भएको बैठकमा नगर सभा सदस्यहरूले बजेट संशोधनका लागि आफ्नो धारणा व्यक्त गरेका थिए। उक्त प्रस्ताव यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित भएको हो।

Share.
Leave A Reply
Exit mobile version