काठमाडौँ । मनसुनजन्य विपद्का विभिन्न घटनाबाट हालसम्म ८० जनाको मृत्यु भएको छ ।
गत जेठ २८ गते मनसुन भित्रिएदेखि ८० जनाको मृत्यु भएको नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा ३, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा २०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको हो।
यस्तै काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २३, मधेश प्रदेशमा ७, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ८, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी ९७ जना घाइते भएका छन्।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ जनाको उद्धार गरिएको छ भने बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १ गरी ५ जना बेपत्ता छन्।
बाढीबाट १६१ घर डुबानमा परेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७६४ परिवार विस्थापित भएका छन्।
