काठमाडौं । देशका अधिकांश स्थानमा गएरातीदेखि लगातार वर्षा भइरहेको छ ।

आज दिनभर नै मौसम यस्तै रहने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Share.
Leave A Reply
Exit mobile version