काठमाडौं। नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप लगाएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते (शुक्रवार) विश्वासको मत लिने तयारी गरेका छन्। नयाँ सरकार गठनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग सहमति गरेपछि वर्तमान सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिएको थियो। काँग्रेससँगको सहमति अनुसार अध्यक्ष ओली प्रधानमन्त्री बन्दैछन्।

Share.
Leave A Reply
Exit mobile version