एजेन्सी । उत्तर भारतका चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।

उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर प्रदेशको प्रतापगढमा मात्रै ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। यस्ता घटनामा बिहारमा मात्रै ५४ जनाको मृत्यु भएको छ । यस्तै उत्तर प्रदेशमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । कैयौा मानिस घाइते भएका छन्।

उत्तर प्रदेशको प्रतापपुरमा १२, सुल्तानपुरमा ७ र चन्दौलीमा ६ जनाको मृत्यु भएको छ भने प्रयागराजमा चारजनाले ज्यान गुमाएका छन्। यस्तै झारखण्डमा ३५ जनाको मृत्यु भएको छ ।

यसैबीच पश्चिम बंगालको मुर्शिदाबादमा हिजो दिउँसो एक विद्यालयमा चट्याङ पर्दा १५ बालबालिका गम्भीर घाइते भएका छन्। ठूलो आवाजसहित बिजुली चम्किँदा बालबालिका घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version