काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको मृत्यु भएको छ ।

उपचारको क्रममा ९१ वर्षको उमेरमा आज बिहान उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत हुनुहुन्थ्यो । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

 

Share.

Comments are closed.

Exit mobile version