काठमाडौँ । एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै नेपालले जित हात पारेको छ ।

नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो।

नेपालका लागि सम्झना खड्काले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन्। प्रतियोगिताअन्तर्गत आजै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।

Share.

Comments are closed.

Exit mobile version